images
images
images

त्रिभुवन विमानस्थलको निमित्त महाप्रबन्धकमा सिटौला नियुक्त

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी टेकनाथ सिटौलालाई दिइएको छ ।

यसअघि विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर भएसँगै यो पद रिक्त थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्णलाई नियुक्त गरिसकेको छ । प्राधिकरण समेत महानिर्देशक प्रदीप अधिकारीमाथि मुद्दा दायर भएपछि नेतृत्वविहीन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्