कोलम्बो । सन् २०२५ मा श्रीलंकामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताएका छन् । प्रहरीका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो ।
प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका सडक दुर्घटनाहरूमा दुई हजार ७१० जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३२२ बढी हो । श्रीलंकामा हुने करिब ८५ प्रतिशत सडक दुर्घटना मनोवैज्ञानिक कारणसँग सम्बन्धित समस्याहरूका कारण हुने उनले बताएका छन् ।
सन् २०२५ मा दुर्घटनाका अन्य मुख्य कारणहरूमा द्रुत गतिमा गाडी चलाउनु, रक्सी पिएर गाडी चलाउनु, थकान र लागु–औषधको प्रयोग लगायतका कारण समावेश भएको वुटलरले बताएका छन् ।
घातक दुर्घटनाको दर घटाउन सन् २०२६ मा प्रहरी महानिरीक्षकको सुपरिवेक्षणमा आवाश्यक पहलहरू लागु गरिने पनि प्रवक्ता वुटलरले बताएका छन्।
यस अघि मोटर यातायात आयुक्त कमल अमरसिंघेले सन् २०२६ सम्ममा श्रीलंकामा चालकहरूका लागि डिमेरिट पोइन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने घोषणा गरेका थिए जसको उद्देश्य ट्राफिक अपराधीहरूलाई ट्र्याक गरेर र सजाय दिएर सडक दुर्घटनाको बढ्दो संख्यालाई रोक्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्