images
images
images

नेपाल–इटली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको १२औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल–इटली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौंमा आफ्नो १२औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

साधारणसभामा माननीय संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा NICCI का अध्यक्ष सञ्जय अग्रवालसहित पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा वक्ताहरूले नेपालका विकास प्रयास तथा सांस्कृतिक सम्पदा संरक्षणमा इटलीको निरन्तर सहयोगको प्रशंसा गरेका थिए।

सञ्जय अग्रवाल पुनः अध्यक्ष चयन

सभाले आगामी तीन वर्षे कार्यकालका लागि सञ्जय अग्रवाललाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ। सदस्यहरूको विश्वासप्रति आभार व्यक्त गर्दै अध्यक्ष अग्रवालले आगामी कार्यकालका प्राथमिकता प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चेम्बरले नेपाली र इटालियन व्यवसायीहरूबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य विस्तार गर्ने, लगानी प्रवर्द्धन र नीतिगत संवादलाई सक्रिय रूपमा अघि बढाउने, पर्यटन तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ गर्ने तथा सदस्यहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वासिलो र परिणाममुखी संस्थाको रूपमा NICCI लाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।

उत्कृष्ट सदस्य तथा सीएसआर सम्मान

कार्यक्रमका क्रममा विनोद सगतानीलाई ‘Member of the Year 2025’ बाट सम्मान गरिएको छ भने कल्याण सिलवालले ‘NICCI CSR Community 2025 Award’ प्राप्त गर्नुभएको छ।

सभाको समापन नेपाल र इटलीबीच व्यवसायिक सहकार्य, लगानी प्रवर्द्धन तथा पर्यटन साझेदारीलाई थप उचाइमा पुर्‍याउने साझा प्रतिबद्धतासहित गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्