images
images
images

मन्दाकिनी हाइड्रोपावरको १२औँ वार्षिक साधारण सभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीको उक्त साधारण सभा वि.सं. २०८२ पुस २९ गते (जनवरी १३, २०२६) काठमाडौंको सूर्य क्याटरिङ एन्ड पार्टी प्यालेस, धुम्बाराहीमा आयोजना गरिएको थियो।

वित्तीय प्रतिवेदन र प्रस्ताव पारित

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ।

लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण

साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ अनुसार लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सञ्चालक नियुक्ति र नियमावली संशोधन

सभाले कम्पनीमा रिक्त रहेको सञ्चालक पदमा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीको कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउन नियमावलीका केही दफाहरू संशोधन गर्ने प्रस्तावलाई समेत अनुमोदन गरिएको छ।

विशेष प्रस्तावहरू पनि स्वीकृत

साधारण सभाले नियामक निकायको निर्देशनअनुसार शेयर पुँजी समायोजन, फ्रि रिजर्भभन्दा बढी ऋण लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, तथा आवश्यक परे सहायक कम्पनी (Subsidiary Company) दर्ता गरी परियोजना विकास तथा लगानी गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्तावहरू समेत पारित गरेको छ।

कम्पनीको प्रतिबद्धता

सभामा कम्पनीले आगामी दिनमा सुशासन, पारदर्शिता र वित्तीय सुदृढता कायम राख्दै आयोजना सञ्चालन तथा दीर्घकालीन विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्