काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट उत्तर–पूर्वतर्फ जाँदै गरेको एक यात्रुवाहक रेल निर्माणाधीन क्रेन खस्दा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।
समाचार संस्था अलजजिराका अनुसार दुर्घटना बुधबार बिहान बैंककबाट करिब २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। रेल बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको थियो।
उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट यात्रुवाहक रेल गुडिरहेका बेला माथि काम गरिरहेको निर्माणाधीन क्रेन भत्किएर रेलमाथि खसेको जनाइएको छ। क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै आगलागी समेत भएको थियो।
अलजजिराका स्थानीय संवाददाताका अनुसार प्रारम्भिक विवरणमा मृतकको संख्या चार जनामात्र भनिएको थियो। तर घाइतेको अवस्था गम्भीर हुँदै जाँदा मृतक संख्या क्रमशः बढ्दै हाल २२ पुगेको थाई प्रहरीले पुष्टि गरेको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा अझै पनि उद्धार तथा खोजी कार्य जारी रहेको छ भने आगलागीलाई नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्