images
images
images

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २४औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति निर्वाचित

images

पूर्वाधार वाच, काठमाडौं।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (FMAN) को २४औँ वार्षिक साधारण सभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको एसोसिएसनको उक्त सभा कार्यसमितिको निर्णयअनुसार आयोजना गरिएको हो।

सभामा अध्यक्ष स्व. सुरेन्द्र प्रसाद दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफलपछि पारित गरिएको छ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।

सभामा एसोसिएसनको विगत कार्यकालका गतिविधि, सदस्यता विस्तार, उद्योगसँग सम्बन्धित संघ–संस्थामा सहभागिता, तालिम तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमबारे जानकारी गराइएको थियो। यस अवधिमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघलगायत विभिन्न संस्थामा सक्रिय सहभागिता जनाइएको उल्लेख गरिएको छ।

त्यसैगरी दृष्टिविहीनलाई सेतो छडी वितरण, विद्यालयका विद्यार्थीलाई जुत्ता वितरण, तालिम कार्यक्रम सञ्चालन तथा भन्सार दरबन्दीसम्बन्धी कार्यक्रममा सहभागिताजस्ता सामाजिक र नीतिगत गतिविधिहरू पनि प्रतिवेदनमा समेटिएका थिए।

सभामा आगामी दिनमा फुटवेयर उद्योगलाई थप व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउने गरी सरकारसँग समन्वय बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। उपस्थित सदस्यहरूले एसोसिएसनको भूमिकाप्रति सन्तुष्टि व्यक्त गर्दै भावी कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।

नयाँ कार्यसमिति निर्वाचित
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्षमा सुरज बन्जाडे निर्वाचित भएका छन् । काठमाडौंमा बिहीवार सम्पन्न एशोसिएसनको २४ औं वार्षिक साधारण सभाबाट बन्जाडेको अध्यक्षतामा आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो। कार्यसमितिको अध्यक्ष पदका लागि निर्वाचन भएको थियो भने अन्य पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्