पूर्वाधार वाच, काठमाडौं ।
नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा लोकप्रियता हासिल गरेको करेन्ट नुडल्सको उत्पादक कम्पनी यसोदा फुड्स प्रा. लि. ले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को नयाँ शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ ।
बानेश्वरमा दोस्रो शाखा विस्तार
कम्पनीले आइतबारदेखि काठमाडौँको नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा दोस्रो करेन्ट मार्ट सञ्चालनमा ल्याएको हो । भैरहवामा रहेको पहिलो आउटलेटले प्राप्त गरेको उत्कृष्ट बजार प्रतिक्रिया र उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै राजधानीमा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
भव्य उद्घाटन समारोह सम्पन्न
नयाँ शाखाको भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो । उद्घाटन समारोहका क्रममा डाइरेक्टर घिमिरेले करेन्ट मार्टको अवधारणा, उद्देश्य र उपभोक्तालाई लक्षित सेवाबारे मिडियालाई विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।

उद्घाटनमा व्यवस्थापन टोलीको सहभागिता
समारोहमा एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाललगायत कम्पनीका कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा ग्राहक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
एकै छानामुनि करेन्टका सम्पूर्ण उत्पादन
नयाँ करेन्ट मार्टबाट उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका खाद्य सामग्रीहरू एकै स्थानमा प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डअन्तर्गतका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स उपलब्ध छन् ।
यसका साथै करेन्ट गोल्ड मसला तथा सिटिसी चिया, जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडरलगायतका विभिन्न मसला सामग्री पनि मार्टमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
उपभोक्ताको विश्वासले राजधानी विस्तार
कम्पनीका चेयरम्यान चुन्न प्रसाद पौडेलका अनुसार भैरहवाका उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौँमा पनि करेन्ट मार्ट विस्तार गर्न प्रेरणा मिलेको हो । उहाँले कात्यायनी चोकबाट उपभोक्ताले ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्ने बताउनुभयो ।
करेन्ट पोइन्टदेखि मार्टसम्म
यसअघि यसोदा फुड्सले काठमाडौँको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ सञ्चालन गर्दै नुडल्स पारखीलाई नयाँ स्वाद पस्कँदै आएको थियो । नयाँ करेन्ट मार्टले प्याकेज्ड फुड खरिद गर्न चाहने उपभोक्तालाई थप सुविधा दिने अपेक्षा गरिएको छ ।
सन् २०१७ देखि खाद्य उद्योगमा सक्रिय
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।
कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवापुस्तामाझ अत्यन्त लोकप्रिय छन् । हाल कम्पनीका उत्पादनहरू नेपालभरि वितरण हुनुका साथै विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्