images
images
images

भानुमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माण सुरु

images

तनहुँ । जिल्लाको भानु नगरपालिका–९ स्थित काउरेटारमा ४० रोपनी क्षेत्रफलमा बहुउद्देश्सीय कभर्डहल र रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको छ ।

उक्त संरचना निर्माणका लागि करिब रु १५ करोड बराबरको प्रस्ताव पेस गरिएकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको हो ।

नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको यस परियोजनालाई बहुवर्षीय योजनाअनुरुप अघि बढाउन सङ्घीय अर्थ मन्त्रालयलाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी दिए । उनले भने, ‘परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने दायित्व नगरपालिकाको रहेकाले सोहीअनुसार काम अघि बढाइएको छ ।’

प्रस्तावित बहुउद्देश्सीय कभर्डहल तथा रङ्गशालामा भलिबल कोर्ट, कबड्डी कोर्ट, बास्केटबल कोट, टेबलटेनिस कोट, व्याडमिन्टन कोर्ट, जुडो, कराँते, उसु, बक्सिङ कोट, फुटबल मैदान ९ट्र्याकसहितको०, दर्शक प्याराफिट (कभर्डहलभित्र तीन जना बस्न मिल्ने र फुटबल मैदानको वरपर एक हजार २०० जना बस्न मिल्ने क्षमताको) निर्माण हुनेछ ।

त्यसैगरी, शौचालय तथा खानेपानी, प्रशासकीय भवन मञ्च, मूल बाटोबाट खेल मैदानसम्म पहुँचमार्ग, पक्की कम्पाउण्ड निर्माण गरिनेछ । यो परियोजना भानु नगरपालिकाको मात्र नभई तनहुँ जिल्लाको पनि गौरवको आयोजनाका रूपमा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

उनले भने, ‘यस परियोजना सम्पन्न भएपछि यो एउटा खेलकुद पर्यटन केन्द्र बन्न सक्नेछ, खेलकुद पूर्वाधारले तनहुँ, लमजुङ र गोरखा जिल्लालाई पनि सेवा दिन सकिनेछ ।’

गण्डकी प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिताका लागि अनुकूल वातावरण निर्माण हुने विश्वास नगरपालिकाले लिएको छ । ‘यस परियोजनालाई प्रस्तावित डिपिआरबमोजिमको काम सम्पन्न गर्न र यसलाई बहुवर्षीय आयोजनाका रूपमा सूचिकृत गर्ने अभियानमा नगरपालिका परिवार जुटेका छौँ’, नगरप्रमुख त्रिपाठीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्