एजेन्सी । क्युबामा देखिएको गम्भीर इन्धन संकटका लागि रसियाले अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पेट्रोलियम आपूर्तिमा आएको अवरोधले क्युबाको सम्पूर्ण अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।
उनले अमेरिकाले लागू गरेको आर्थिक घेराबन्दीका कारण क्युबाको अवस्था झन् जटिल बनेको बताए । रसिया क्युबासँग निरन्तर सम्पर्कमा रहँदै कूटनीतिक तथा अन्य माध्यमबाट सहयोगका सम्भावित उपायहरूबारे छलफल गरिरहेको पनि उनले जानकारी दिए।
अमेरिकाले क्युबालाई आफ्नो सुरक्षाका लागि असाधारण खतरा रहेको भन्दै भेनेजुएलाबाट हुने इन्धन आपूर्तिमा रोक लगाएको छ। साथै, क्युबालाई इन्धन आपूर्ति गर्ने अन्य देशहरूमाथि पनि दबाब सिर्जना गरिएको बताइएको छ ।
इन्धन अभाव गहिरिँदै गएपछि क्युबाले आइतबारदेखि देशमा जेट इन्धन उपलब्ध नहुने चेतावनी दिएको छ । यसका कारण अन्तर्राष्ट्रिय हवाई सेवाहरू प्रभावित भएका छन् र केही विमान कम्पनीले आफ्ना उडानहरू स्थगित तथा तालिका समायोजन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्