images
images
images

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, राडार प्रणालीमा ठूलो क्षति

images

काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेतको सरकारी समाचार एजेन्सीले देशको नागरिक उड्डयन प्राधिकरणका एक प्रवक्तालाई उद्धृत गर्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण भएको जनाएको छ।

प्रवक्ताका अनुसार यी आक्रमणबाट राडार प्रणालीमा ठूलो क्षति पुगेको छ, तर मानवीय क्षतिको कुनै खबर आएको छैन।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा यो पहिलो आक्रमण भने होइन। बुधबार पनि विमानस्थलको इन्धन भण्डारण केन्द्रलाई इरानी ड्रोनमार्फत निशाना बनाइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्