images
images
images

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

images

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’ ९सेतु राष्ट्र० र ‘बफर स्टेट’ ९संरक्षक राष्ट्र०बीचको सन्तुलन बुझेर आर्थिक कूटनीतिमा अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा कर्पोरेट नेपालले आयोजना गरेको ‘ब्रिज भर्सेज बफर स्टेटः इकोनोमिक डिप्लोमेसी एन्ड नेपाली इन्डस्ट्री’ विषयक बहस कार्यक्रममा बोल्दै उनले नेपालले छिमेकी मुलुकहरूको सम्बन्धको अवस्थालाई गहिरो रूपमा विश्लेषण गर्नुपर्ने बताए ।

उनका अनुसार भारत र चीनबीच सम्बन्ध राम्रो हुँदा नेपालले त्यसबाट फाइदा लिने अवसर पाउँछ भने सम्बन्ध तनावपूर्ण हुँदा नेपालले चुनौती सामना गर्नुपर्ने अवस्था आउने गरेको छ । ‘ब्रिज भनेपछि एकातिर मात्रै होइन, दुवैतर्फ जोड्ने भूमिका हुनुपर्छ,’ उनले भने, ‘दुवै पक्षबीचको साझा आधार (कमन ग्राउन्ड) पहिचान गर्न सके मात्र सेतु राष्ट्रको भूमिका प्रभावकारी हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्