images
images
images

धितोपत्र बोर्डका अध्यक्षले किन दिए राजिनामा ?

images

काठमाडौं । नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएका अध्यक्ष श्रेष्ठले बैठकमै राजीनामा दिने निर्णय सुनाउँदै पदबाट अलग भएका हुन् । त्यसपछि उनी राति करिब ९ बजे अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए ।

अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताएका छन्। उनले सरकारलाई सहयोग पुर्‍याउन र आवश्यक मार्ग प्रशस्त गर्न आफूले राजीखुसीले पद त्यागेको स्पष्ट पारेका थिए ।

बैठकमा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन लागेको जानकारी गराएका थिए। बोर्डका एक उच्च अधिकारीका अनुसार उनले सबैलाई धन्यवाद दिँदै पदबाट बिदा लिएका हुन् ।

सरकारले उनलाई २०८१ मंसिर १० गते बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।यद्यपि, अध्यक्ष श्रेष्ठले राजीनामा दिनुको ठोस कारण सार्वजनिक रूपमा खुलाइएको छैन । उनले ‘व्यक्तिगत कारण’ उल्लेख गरे पनि त्यसको विस्तृत विवरण बाहिर आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्