काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका संस्थापक कैलाश सिरोहियाको घर झगडा राज्यको शक्तिशाली निकाय गृह मन्त्रालय प्रवेशमा पुगेर टुंगिने देखिएको छ ।
हालै बाहिर चुहिएको सूचना अनुसार कान्तिपुर ग्रुपको अभिभावकीय भूमिकामा रहेका कैलाश गृहमन्त्री बन्ने गाँइगुँइ छ ।
२०८० असोजमा तत्कालीन प्रबन्ध निर्देशक एवं पिता कैलाशलाई विस्थापित गरेरकान्तिपुर ग्रुपको प्रबन्ध निर्देशक भएका (छोरा)सम्भवले पदबाट राजीनामा दिएको विषय पोर्टल अखबारमा आइसकेको छ ।
कैलाश प्रबन्ध निर्देशक हुँदा सम्भव प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। नाटकीय रुपमा कैलाश प्रबन्ध निर्देशकबाट मात्रै हटाइएनन्, उनलाई घरबाटै निकाला गरिएको बताइन्छ ।
बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा राखेका हालै बहिर्गमित गृहमन्त्री सुधन गुरूङबारेका समाचारका लिंक र त्यसबारे स्क्रिनसट आफ्नो सामाजिक सञ्जालमा राखेका थिए।
त्यसमा उनले, यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन, लेखेका थिए। तर, सम्भवलाई त्यो मिसनको नायक आफ्नै पितामह भएको थाहा भएकै कारण सञ्चालक समितिलाई गोप्य रुपमा बुझाउनु पर्ने राजीनामा कर्मचारी समेतलाई मेन्सन गरेर मिडियावाजी गरेका हुन् ।
मुलुकको कार्यकारी निकाय सरकार, न्यायालय, संसद र सडक सबैतिर राइँदाइँ गर्न सक्ने कैलाशले भित्र्याहा सम्पादकमार्फत सम्भव, (आमा) स्वस्तिकाविरुद्धको घर युद्ध जारी राखेका थिए ।
जसबारे यसअघि सामान्य हल्ला सुनिए पनि घर युद्धको सार्वजनिक पटाक्षेप हुन सकेको थिएन ।
कैलाश निकटस्थको फड्के बयानलाई आधार मान्ने हो भने तत्कालीन गृहमन्त्री एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको प्रायोजित युद्ध चलाउने सम्भव कान्तिपुरविरुद्ध समेत कैलाश संघर्ष गरिरहेका थिए ।
सहकारी ठगिमा लामिछानेलाई विगो अर्थात् दोषेली तिराउन सफल सम्भव सुधनको गृहमन्त्री पद बचाउन सफल हुन सकेनन् ।
अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापा, विजमाण्डौं डटकमका मालिकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा १० घण्टे बयान दिंदा सम्भवलाई नछोएका सुधनविरुद्ध कैलाश कान्तिपुरले लेखेको समाचारमाथि असहमती जनाउँदै प्रबन्धन निर्देशकबाट राजीनामाको नाटकसम्मको दृष्य क्लिन कट भएको छ ।
तर, विवादित व्यवसायी दिपक भट्ट निकटका गृहमन्त्रीलाई कुर्सीबाट उतारेर कैलाश आफैं गृहमन्त्री बन्न तम्सिएको दृष्य अझै जर्क हानिरहेको छ । यसको पटाक्षेप निकट रहेको जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्