images
images
images

राष्ट्रिय नागरिक सम्मेलन २०८३ काठमाडौंमा जारी, सुशासन र नागरिक स्वतन्त्रतामाथि व्यापक बहस

images

पूर्वाधार वाच, काठमाडौं।

गैरसरकारी संस्था महासंघ नेपाल (NGO Federation of Nepal) को आयोजनामा “राष्ट्रिय नागरिक सम्मेलन २०८३” काठमाडौंमा जारी रहेको छ । सुशासन, सामाजिक न्याय, नागरिक स्वतन्त्रता तथा संघ–संस्थामैत्री वातावरण निर्माणका विषयमा केन्द्रित सम्मेलन बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा सञ्चालन भइरहेको हो ।

देशभरका नागरिक समाजका अगुवाको सहभागिता

सम्मेलनमा देशभरबाट आएका नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा लोकतन्त्रको सुदृढीकरण, मानव अधिकार संरक्षण, सामाजिक न्याय, नागरिक स्वतन्त्रता तथा नागरिक समाजको भूमिकाका विषयमा व्यापक छलफल भइरहेको छ ।

सहभागीहरूले वर्तमान सामाजिक तथा राजनीतिक परिवेशमा नागरिक समाजको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र सहभागितामूलक शासन प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको धारणा राखेका छन् ।

१९९१ मा स्थापना भएको राष्ट्रिय छाता संगठन

गैरसरकारी संस्था महासंघ नेपाल सन् १९९१ मा स्थापना भएको राष्ट्रिय स्तरको छाता संगठन हो । महासंघले नेपालभर सामाजिक विकास, मानव अधिकार, सुशासन तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने हजारौं गैरसरकारी संस्थालाई एकीकृत गर्दै आएको जनाएको छ । महासंघका अनुसार हाल यससँग देशभरका ६ हजारभन्दा बढी गैरसरकारी संस्था आबद्ध रहेका छन् ।

महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्दै नागरिक समाजको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने काम गर्दै आएको बताइएको छ । साथै, लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार तथा दिगो विकासका मुद्दामा महासंघ सक्रिय रूपमा वकालत गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्