पूर्वाधार वाच, काठमाडौं।
फेसन, सिर्जनशीलता, डिजिटल कन्टेन्ट निर्माण तथा स्टोरीटेलिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई ‘अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६’ मार्फत सम्मान गरिएको छ ।
राजधानीमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
नमामी शाक्य र प्रथा जोशीलाई एक–एक लाख रुपैयाँ पुरस्कार
अवार्डअन्तर्गत ‘बेस्ट इन्गेजमेन्ट भिडियो’ विधामा नमामी शाक्य उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भइन् ।
त्यसैगरी ‘बेस्ट ब्रान्ड भिडियो’ विधामा प्रथा जोशी विजेता घोषित भइन् । उनले पनि एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान प्राप्त गरिन् ।

सुभाना कायस्थ ‘बेस्ट कन्सेप्ट एन्ड स्टोरीटेलिङ’ मा उत्कृष्ट
‘बेस्ट कन्सेप्ट एन्ड स्टोरीटेलिङ’ विधामा सुभाना कायस्थ उत्कृष्ट ठहरिँदै २५ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भइन् ।
आयोजकका अनुसार प्रत्येक विधामा अन्तिम चरणका तीन–तीन जना प्रतिस्पर्धी छनोट गरिएको थियो । अन्तिम सूचीमा परेका प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको हो ।
अजय अजमेराद्वारा पुरस्कार वितरण
विजेताहरूलाई अजमेरा फेसन लिमिटेड भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अजमेराले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुतिमा तथा अजमेरा फेसन प्रालिको आयोजनामा सम्पन्न कार्यक्रमले फेसन तथा डिजिटल सिर्जनशीलताको क्षेत्रमा सक्रिय प्रतिभाहरूलाई सम्मानित गरेको हो ।
सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य
आयोजकका अनुसार अवार्ड कार्यक्रमको मुख्य उद्देश्य फेसन, डिजिटल कन्टेन्ट, स्टोरीटेलिङ तथा सामाजिक सञ्जालमार्फत सिर्जनात्मक योगदान पुर्याइरहेका प्रतिभाशाली सर्जकहरूलाई प्रोत्साहन, पहिचान र सम्मान गर्नु हो ।
कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै सिर्जनशील प्रतिभाहरूका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ ।
फेसन उद्योग र डिजिटल कन्टेन्ट क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति
कार्यक्रममा फेसन व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक (इन्फ्लुएन्सर), डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उपस्थित सहभागीहरूले यस्ता अवार्ड कार्यक्रमहरूले नयाँ प्रतिभाको पहिचान, प्रोत्साहन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए ।
विभिन्न संस्थाको सहयोग
अवार्ड कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत विभिन्न संस्थाहरूले सहयोग गरेका थिए ।
नेपालमा डिजिटल कन्टेन्ट निर्माण, फेसन उद्योग तथा सामाजिक सञ्जालमार्फत सिर्जनात्मक अभिव्यक्तिको दायरा विस्तार भइरहेका बेला यस्ता कार्यक्रमहरूले प्रतिभा विकास र नवप्रवर्तनलाई थप ऊर्जा दिने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्