images
images
images

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको अधिवेशन आज, अध्यक्ष पदमा ईश्वर लामाको उम्मेदवारी

images

पूर्वाधार वाच, काठमाडौं ।

बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको अधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आज (श्रावण १६ गते, शनिबार) काठमाडौंमा हुँदैछ । अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने भएकाले पेट्रोलियम व्यवसायीहरूबीच चुनावी माहोल तातेको छ ।

अध्यक्ष पदका उम्मेदवार ईश्वर लामाले ‘पारदर्शी नेतृत्व, सुरक्षित व्यवसाय र सबै व्यवसायीलाई सम्मान’ भन्ने मूल नारासहित व्यवसायीसमक्ष मत मागिरहेका छन् । उनले व्यवसायीको हकहित संरक्षण, संस्थागत एकता, व्यवसायमैत्री वातावरण निर्माण तथा पेट्रोलियम व्यवसायलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रचार सामग्रीअनुसार ईश्वर लामाले व्यवसायीहरूबीच एकता, सहकार्य र सम्मानलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने योजना अघि सारेका छन् । उनले व्यवसायीका साझा समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गर्दै जिम्मेवार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायी हितलाई केन्द्रमा राख्ने एजेन्डा

ईश्वर लामाले पेट्रोलियम व्यवसायीले सामना गरिरहेका नीतिगत चुनौती, व्यवसायिक सुरक्षा, संस्थागत सुशासन तथा व्यवसायीबीचको आपसी सहकार्यलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । व्यवसायीको अधिकार संरक्षणसँगै पेट्रोलियम क्षेत्रलाई समयानुकूल, व्यवस्थित र व्यवसायमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

अधिवेशनप्रति व्यवसायीको चासो

बागमती प्रदेशका पेट्रोलियम व्यवसायीहरूको साझा संगठनका रूपमा रहेको बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ नेतृत्व चयनलाई व्यवसायीहरूले महत्वका साथ हेरेका छन् । नयाँ कार्यसमितिले व्यवसायीका समस्या समाधान, नेपाल आयल निगम तथा सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय, इन्धन आपूर्ति व्यवस्थापन र व्यवसायीहरूको हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्