पूर्वाधार वाच, काठमाडौं ।
बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट ईश्वर लामा अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार लामाले ७७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनाले ४२ मत प्राप्त गरेका छन् ।
अन्य पदाधिकारीको नतिजा
निर्वाचन परिणामअनुसार विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्का ८३ मत प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी लिलेश्वर प्रसाद प्रधानले ४५ तथा भरत सापकोटाले ३२ मत प्राप्त गरे ।
त्यसैगरी प्रथम उपाध्यक्षमा केशव कासुला र द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदमा रामप्रसाद तिमिल्सिना ६९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राजकुमार साहले ४६ मत प्राप्त गरे । कोषाध्यक्षमा यसु प्रधान६५ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी जनार्दन फुयालले ५१ मत प्राप्त गरे ।
सहसचिवमा पुरुषोत्तम रेग्मी ७३ मतसहित विजयी भएका छन् भने सहकोषाध्यक्षमा निकेश घिमिरे ४३ मत प्राप्त गर्दै निर्वाचित भए । उक्त पदका अर्का उम्मेदवार शंकर अधिकारीले ३५ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रकाशराज खड्का पनि ७६ मतसहित निर्वाचित भएका छन् ।
कार्यकारी सदस्यमा सात जना निर्वाचित
कार्यकारी सदस्यतर्फ महेन्द्र घिमिरे (९६), नवराज लामिछाने (९७), सुगत मानन्धर (९३), शंकर न्यौपाने (८४), विशाल बखती (७९), सुरेश दुवाल श्रेष्ठ (७५) र संजयकुमार श्रीवास्तव (६९) निर्वाचित भएका छन् ।
यस्तै सुनिल अवाले, ध्रुव भण्डारी, लिला सिंह ठकुरी र सन्तोष खुलाल भने निर्वाचनमा पराजित भएका छन् ।
निर्वाचन अधिकृतद्वारा नतिजा घोषणा
निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठ, शेखरबाबु कार्की तथा प्रमुख निर्वाचन अधिकृत सुवर्ण थापाले मतगणना सम्पन्न भएपछि अन्तिम मतपरिणाम सार्वजनिक गरेका हुन् ।
व्यवसायीको हकहित र संस्थागत सुदृढीकरणमा जोड
नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
एशोसिएशनले आगामी कार्यकालमा संस्थागत सुदृढीकरण, व्यवसायीका साझा समस्याको समाधान तथा सदस्यहरूको हित प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्