images
images
images

ट्रेड बचत तथा ऋण सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको धुम्बाराहीस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष अमुल श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यको आर्थिक तथा सामाजिक समृद्धि, सुरक्षित बचत, गुणस्तरीय वित्तीय सेवा तथा सदस्यकेन्द्रित सहकारी अभ्यासलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको बताए ।

७१ करोडभन्दा बढीको कुल सम्पत्ति

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म संस्थाको कुल सम्पत्ति ७१ करोड ६९ लाख २२ हजार ७२९ रुपैयाँ पुगेको छ । संस्थाको कुल बचत तथा निक्षेप ५७ करोड १२ लाख ३१ हजार १६२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, संस्थाले आफ्ना सदस्यहरूमा ५६ करोड ४४ लाख ३३ हजार ९३७ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको शेयर पुँजी ५ करोड १० लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ ।

संस्थाले जगेडा कोष तथा अन्य कोषहरूमा समेत वृद्धि गर्दै वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने प्रयास गरेको जनाएको छ । जगेडा कोषलगायत विभिन्न कोषमा करिब ३ करोड ३१ लाख ३० हजार ४८९ रुपैयाँ सञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ ।

बचत सुरक्षा र कर्जा असुलीमा जोड

साधारणसभामा संस्थाको आर्थिक अवस्था, सदस्यको बचत सुरक्षा, कर्जा लगानी तथा प्रभावकारी कर्जा असुली, जोखिम व्यवस्थापन र डिजिटल सेवाको विस्तारलगायतका विषयमा छलफल गरिएको थियो ।

आगामी दिनमा सदस्यको बचतलाई सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्ने, जोखिम कोष तथा जगेडा कोषलाई थप मजबुत बनाउने र सदस्य सहभागिता बढाउने योजना संस्थाले अघि सारेको छ ।

सभामा शेयर सदस्यहरूले संस्थाको प्रतिवेदन तथा भावी कार्यदिशामाथि आफ्ना सुझाव, धारणा तथा मन्तव्य राखेका थिए । कार्यक्रममा गणेश गिरीले स्वागत मन्तव्य राखेका थिए ।

विभिन्न प्रस्तावमाथि निर्णय

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक निर्णय गरेको छ ।

त्यसैगरी, लेखापरीक्षक नियुक्ति, सञ्चालक समितिका निर्णय अनुमोदन, विनियम संशोधन तथा विभिन्न नीति तथा कार्यविधि संशोधनलगायतका विषयमा समेत छलफल भएको थियो ।

उत्कृष्ट बचतकर्ता तथा सदस्य सम्मानित

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता तथा सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

पूर्णबहादुर श्रेष्ठ, रमेशप्रसाद बजगाईं र धनबहादुर खड्कालाई उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो । त्यस्तै, दुर्गाप्रसाद मैनालीलाई उत्कृष्ट व्यवसायी पुरस्कार तथा सुदर्शन पण्डितलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुबर तथा संस्थाका पदाधिकारी, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

सभामा संस्थाको आगामी कार्यदिशा, सदस्य सेवा विस्तार तथा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा समेत जोड दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्