images
images
images

कति बढ्ला टाटा टियागो इभीको मूल्य ?

images

पूर्वाधार वाच, काठमाडौं।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ्ने निश्चित जस्तै छ । राजश्वको लक्ष्य बढाउँदै सो लक्ष्य पुरा गर्ने उद्देश्यसहित विद्युतीय सवारीमा कर वृद्धि गरेपछि त्यसको असर उपभोक्ता मूल्यमा समेत पर्ने भएको हो ।

यससँगै विद्युतीय सवारीको बिक्री मूल्य स्वतः बढ्ने व्यापारीको भनाइ छ । पुनले विद्युतीय सवारीमा ५ देखि २० प्रतिशतसम्म कर बढाउने घोषणा गरेका थिए । यद्यपि यो घोषणापछि व्यापारीले हालसम्म बढेको मूल्य सार्वजनिक गरेका छैनन् ।

यो निर्णयबाट टाटा टियागो ईभीको मूल्य समेत बढ्ने बताइएको छ । हाल बजारमा २६ लाख ४९ हजार रुपैयाँदेखि २८ लाख ९९ हजार रुपैयाँसम्म पर्ने टाटा टियागो ईभीको मूल्य बढ्ने भएको हो । कर वृद्धिको आँकडा हेर्दा २ देखि साढे २ लाख रुपैयाँसम्म मूल्य बढ्ने देखिएको छ ।

कम्पनी भने कर वृद्धिको प्रभावका कारण मूल्य बढ्दा उपभोक्तालाई समस्या पर्नेमा चिन्तित छ । सोही कारण, कर वृद्धिबाट बढ्ने मूल्यलाई समायोजनको आन्तरिक तयारी भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्