images
images
images

सवारी दुर्घटना गराउने आधाभन्दा बढी चालक २५ देखि ४० वर्ष उमेर समूहका

images

चितवन । सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेका पाइएको छ । बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये यो उमेर समूहका चालकका कारण बढी दुर्घटना भइरहेको प्रहरीले जनाएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका एक हजार (२४ दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२) वटा दुर्घटना सो उमेर समूहका चालकले गराएका छन् ।

यस्तै, २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना १६ देखि २५ वर्ष उमेर समूहका चालकले सवारी चलाउँदा भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार ४० वर्षमाथिका सवारी चालकले २५ प्रतिशत दुर्घटना गराएका छन् । युवा पुस्तामा सवारी तीव्र गतिमा हाँक्ने जोस बढ्दा दुर्घटना गराउने चालक युवा पुस्ताका बढी भएका हुन् ।

ती दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका धेरै रहेका छन् । सो उमेर समूहका २६७ जनाको मृत्यु भएको छ भने १६ देखि २५ वर्ष उमेर समूहका ५९, छदेखि १६ वर्ष उमेर समूहका सात र छ वर्षदेखि तलका उमेर समूहका सात जना रहेका छन् । घाइते हुनेको सङ्ख्या पनि सोही अनुपातमा रहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा तीव्र गतिका कारण एक हजार ४१, चालकको लापरबाहीले २४०, यात्रुको गल्तीले १५४, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११९ र यान्त्रिक गडबडीले १२१ वटा दुर्घटना भएका छन् । यस्तै, सडकको अवस्थाका कारण १०७ वटा ‘ओभरटेक’ गर्र्दा ७२, मौसमको खराबीले चौपायका कारण १०, ओभरलोड भएर आठ र अन्य कारणले ३८ वटा दुर्घटना भएको उनले जानकारी दिए ।

यस कार्यालयले काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्ला हेर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्