पूर्वाधार वाच, लमजुङ ।
कुमारी बैंकले आजदेखि १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्