images
images
images

साँफेबगर नगरपालिकाकाे एक वर्षकाे इन्धन खर्च साढे ८८ लाखभन्दा बढी

images

पूर्वाधार वाच, काठमाडौं । 

अछामको साँफेबगर नगरपालिकाले एक वर्षको अवधिमा इन्धनमा ८८, लाख ६२ हजार ७९० रुपैयाँ खर्च खुलेको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा पालिकाले आ.व. २०७९/८० मा इन्धन पदाधिकारी शीर्षकबाट एक लाख एक हजार ४५५ रुपैयाँ र इन्धन कार्यालय प्रयोजन शीर्षकबाट र ८७ लाख ६१ हजार ३३५ रुपैयाँ गरी जम्मा ८८ लाख ६२ हजार ७९० रुपैयाँ खर्च गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २४(२) मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले गर्नुपर्दछ । तर नगरपालिकाले लाखौं रकम अनुत्पादक र विलासितामा खर्चिएको पाइएको छ ।

महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘प्रयोगकर्ता, प्रयोजन र भ्रमण किलोमिटर जस्ता ब्यहोरा स्पष्ट खुलाई इन्धन उपलब्ध गराउनु पर्नेमा सो बेगर तथा लग बुक तयार नगरी इन्धन खर्च गरेको पाइयो । पालिकाले यस्तो कार्यमा सुधार गरी ऐन, नियम बमोजिम इन्धनको प्रयोग गर्ने तथा सोही बमोजिम लग बुक व्यवस्थित गरी राख्ने तथा खर्च गर्दा मितव्ययी रुपमा गर्ने प्रबन्ध मिलाउनु पर्दछ ।’

नगरपालिकाले मितव्ययिता कायम गर्न नसकेको महालेखाको ठहर छ । पालिकाले कार्यक्रमगत तथा योजनागत खाता नराखेको र पालिकाबाट यस वर्ष सञ्चालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार नगरेको महालेखा बताउँछ ।

यस्तै अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिमको मध्यमकालीन खर्चको संरचना तयार गरेको छैन ।

भने, विषयगत क्षेत्रमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठीतर्फ बढी केन्द्रीत भई परिमाणमुखी नभएको समेत महालेखाको ठहर छ ।

यता पालिकाले जिन्सी सामानको एकीकृत विवरण तथा सहायक जिन्सी खाता अद्यावधिक नगरी वडा कार्यालय तथा विभिन्न संघ संस्थालाई वितरण गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार…

साँफेबगर नगरपालिकाको मिडिया खर्च साढे ५७ लाख, सम्झौता र प्रकाशन/प्रसारणको प्रमाण बिनै बिल भुक्तानी

साँफेबगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित २९ दरबन्दी रिक्त, झण्डै आधा दशक निमित्तकै भरमा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्