पूर्वाधार वाच, काठमाडौं ।
ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ।’
दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्