images
images
images

‘प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए’

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकिर गरेका छन् ।

उनले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमितिनै बनाएर अध्ययन गरेको तयार पारेको छ र ८ बुँदामा निर्देशनसमेत दिएको बताए ।

साथै उनले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको बताउँदै उनले विभिन्न समयमा यस बारेमा भएका अध्ययनलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्