images
images
images

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

images

पूर्वाधार वाच, सिन्धुली।

कमलामाई नगरपालिका– २ चियाबारीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार गोलन्जोर– ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो चियाबारीमा दुर्घटना भएको हो।

दुर्घटनामा गोलन्जोर गाउँपालिका– ६ का उदय लुंगेली मगर र पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको थियो। पवन मस्रांगीको उपचारको क्रममा सिन्धुलीको अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्।

बा. २०च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले बताएको छ। घाइतेलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

गोलन्जोर गाउँपालिकाबाट सिन्धुलीमाढी तरकारी लिएर आउँदै गरेको डबल क्याप बोलेरो दुर्घटनामा परेको प्रहरीले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्