images
images
images

पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ ।

आफूलाई अभियन्ता बताउने युवराज कँडेल ‘सफल’ले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

सफलले आयोगलाई पत्र पठाउँदै खरेलमाथि छानबिन गरी कारबाहीका लागि ध्यानाकर्षण गराएका छन् ।

‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु, ‘सफलले आयोगलाई पठाएको पत्रमा भनिएको छ ।

साथै सफलले विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइवी’ले बरामद गरेको ३५ किलो सुन लगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरूले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरूको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको पत्रमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्