images
images
images

सहकारी ठगी प्रकरणमा रास्वपा सहमहामन्त्रीसँग समितिको बयान

images

पूर्वाधार वाच, काठमाडौं ।

सहकारी संस्था बचत ठगि सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो ।

सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो । सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए । साथै उनी नोबडी प्रडक्सन प्रालिका संचालक समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्