images
images
images

रेसुङ्गा विमानस्थलबाट नियमित उडान

images

पूर्वाधार वाच, काठमाडौं ।

करिब दुई महिनादेखि ठप्प रहेको रेसुङ्गा विमानस्थलबाट उडान नियमित भएको छ । रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार २८ गते शुक्रबार बिहान काठमाडौंबाट १३ जना र गुल्मी रेसुङ्गाबाट १५ जना यात्रु लिएर नेपाल एयरलाइन्सले उडान भरेको छ ।

गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको थिएन । भदौ ७ गते शुक्रबार पनि उडान हुन्छ भन्नेमा यात्रुहरूमा अन्योलता छाएका कारण गुल्मीबाट काठमाडौंका लागि यात्रु नभएको थापाको भनाइ छ ।

उक्त जहाजले काठमाडौंबाट भने १२ जना एयरलाइन्सले उडान भरेको छ । यात्रु लिएर रेसुङ्गा उडान भरेको थियो। मौसम सफा रहेमा प्रत्येक हप्ताको शुक्रबार नियमित उडान हुने थापाले बताए ।

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्