पूर्वाधार वाच, काठमाडौं।
चलचित्र ‘जेरी अन्टप’मा नायिका सुरक्षा पन्त भित्रिएकी छिन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबिच बुधबार फिल्म अभिनयका लागि सम्झौता भएको हो । सुरक्षाको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि भित्रिएका थिए । फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो । फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् ।
‘जेरी अन टप’को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौं, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्