images
images
images

रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका- ३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा- ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत रहेको रामेछाप प्रहरीले जनाएको छ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए।

सुमोमा आठ जना सवार थिए। अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको उनले बताए।

प्रहरीका अनुसार सुमो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। मृत्यु हुने जनप्रतिनिधि बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्