पूर्वाधार वाच, काठमाडौं ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमले पदमा बहाल रहँदा पदीय मर्यादा विपरीत काम गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
उनले दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैयाँ एकहत्तर पैसा गैरकानुनी रूपमा आर्जन गरेको सो रकम बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलिया जानकारी दिए ।
गौतमले सार्वजनिक पद धारण गरेको मिति २०५५ वैशाख ७ गतेदेखि २०७९ चैत्र १२ २४ गतेसम्मको जाँच अवधिमा निजको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घर/जग्गा बिक्री आय, सञ्चय कोष, बैङ्कहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, विमा परिपक्क/समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल जम्मा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा मात्र वैधानिक आय आर्जनका स्रोतहरुमार्फत् उक्त आयआर्जन गरेको देखिएको छ ।
तर उक्त अवधिमा उनले एकासंगोल घर परिवारको नाममा घर निर्माण, घर/जग्गा खरिद, घररजग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी कूल जम्मा ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ ८९ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा कूल/समग्र आयबाट खर्च तथा लगानी घटाउँदा दुई करोड एकाउन्न लाख अठहत्तर हजार छ सय सतासी रुपैंया एकहत्तर पैसा मात्र ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नकसकेको हुँदा निजले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले गौतमलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसूरमा तालिकामा विश्लेषण गरिएबमोजिम बिगो दाबीसहित मुद्दा गरिएको सहायक प्रवक्ता थपलियाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्