images
images
images

लगातार दुई दिन बढेपछि घट्यो नेप्से

images

पूर्वाधार वाच, काठमाडौं ।

लगातार दुई कारोबार दिन बढेको नेप्से परिसूचक बुधवार भने घटेको छ । आज नेप्से पसिचुक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से पसिचुक २७७६.९० बिन्दुमा पुगेर रोकिएको थियो ।

यसदिन कुल ३२३ स्टकको ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ । आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९.२० रुपैयाँले बढेर ३२१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

चन्द्रागिरी हिल्सको शेयर मूल्य प्रतिकित्ता ७२.८६ रुपैयाँले १०५४.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१.७९ रुपैयाँले बढेर ५८८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ४०।५८ रुपैयाँले घटेर ४०८.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ३५.२८ रुपैयाँले घटेर ७३१.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २०।८४ रुपैयाँले घटेर ५९१.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरी हिल्स, युनाइटेड मोदी इनर्जी र राधि विद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्