images
images
images

स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ कुशाक सार्वजनिक

images

पूर्वाधार वाच, काठमाडौं ।

स्कोडा नेपालले ‘Real Drivers Wanted’ अभियानसँगै फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंस्थित स्कोडा शोरुममा आयोजित विशेष कार्यक्रममा कम्पनीले नयाँ कुशाकको औपचारिक अनावरण गर्दै चालक–केन्द्रित एसयूभीका रूपमा यसको नयाँ पहिचान प्रस्तुत गरेको हो ।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवाल, कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

एमएडब्लु ग्रुपका अध्यक्ष र सीईओद्वारा संयुक्त अनावरण

नयाँ स्कोडा कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले कुशाकले नेपाली ग्राहकलाई युरोपेली इन्जिनियरिङको उत्कृष्ट अनुभव प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको बताए ।

उनले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो।”

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले कुशाक उत्कृष्ट ड्राइभिङ अनुभव खोज्ने ग्राहकका लागि निर्माण गरिएको एसयूभी भएको उल्लेख गर्दै ग्राहकलाई यसको अनुभव आफैं लिन आग्रह गरे ।

शक्तिशाली इन्जिन र आधुनिक प्रविधिको संयोजन

कम्पनीका अनुसार नयाँ कुशाक १.० लिटर र १.५ लिटर टीएसआई (TSI) इन्जिन विकल्पमा उपलब्ध हुनेछ । गाडीमा ८-स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी (DSG) ट्रान्समिसनको सुविधा दिइएको छ, जसले सहज नियन्त्रण, उत्कृष्ट प्रदर्शन र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसका साथै पछाडिको सिटमा उपलब्ध मसाज सुविधाले यस सेग्मेन्टमा विरलै पाइने प्रिमियम सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ । आधुनिक सुरक्षा प्रणाली, युरोपेली डिजाइन, उन्नत इन्जिनियरिङ तथा आरामदायी इन्टेरियरले कुशाकलाई आफ्नो वर्गमा फरक बनाउने विश्वास कम्पनीको छ ।

५७ लाख ९० हजार रुपैयाँदेखि मूल्य

स्कोडा नेपालका अनुसार नयाँ कुशाकको प्रारम्भिक मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्डको युरोपेली एसयूभीलाई नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको जनाएको छ ।

ग्राहकलाई बिक्रीपछिको सेवा सहज बनाउन ‘Promise of 12’ सेवा योजना पनि सार्वजनिक गरिएको छ । यसअन्तर्गत देशभर रहेका १२ वटा सेवा केन्द्रमार्फत प्रत्येक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्कमा वार्षिक मर्मतसम्भार सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनामा कुनै लुकेका अतिरिक्त शुल्क रहने छैनन् ।

नेपाली बजारमा चालक–केन्द्रित एसयूभीको नयाँ पहिचान

स्कोडा नेपालले नयाँ कुशाकलाई चालकको अनुभवलाई केन्द्रमा राखेर विकास गरिएको एसयूभीका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन, युरोपेली विरासत, आधुनिक प्रविधि तथा आकर्षक मूल्यको संयोजनले कुशाकलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ ।

नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूहअन्तर्गतको एमएडब्लु वृद्धिले गर्दै आएको छ । कम्पनीले बिक्री, बजार प्रवर्द्धन, वितरण तथा बिक्रीपछिको सेवामा ध्यान केन्द्रित गर्दै देशभर आफ्नो शोरुम तथा सेवा केन्द्रको सञ्जाल विस्तार गरिरहेको जनाएको छ ।

स्कोडाले नेपाली बजारमा आधुनिक डिजाइन, उन्नत सुरक्षा प्रणाली, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन भएका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार सहरी सडकदेखि पहाडी राजमार्गसम्मका विविध सडक अवस्थालाई ध्यानमा राखेर आफ्ना गाडीहरू नेपाली ग्राहकका लागि उपयुक्त बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्