images
images
images

नाडा अटो शोमा म्यासिमोको ESSM अल–इन–वन ऊर्जा भण्डारण प्रणाली प्रदर्शनीमा

images

पूर्वाधार वाच, काठमाडौं ।

म्यासिमोले आफ्नो ESSM सिरिजको अत्याधुनिक अल–इन–वन ऊर्जा भण्डारण प्रणाली काठमाडौंमा जारी नाडा अटो शोमा प्रदर्शन गरेको छ । भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भइरहेको अटो शोमा कम्पनीले आधुनिक ऊर्जा भण्डारण तथा ब्याकअप प्रविधिसहितको उक्त प्रणाली प्रदर्शनीमा राखेको हो ।

इन्भर्टर र लिथियम ब्याट्री एउटै युनिटमा

ESSM सिरिजमा उच्च क्षमताको इन्भर्टर र लिथियम–आयन ब्याट्रीलाई एउटै युनिटमा एकीकृत गरिएको छ । यसमा LiFePO₄ (लिथियम आइरन फस्फेट) प्रविधिमा आधारित ब्याट्री तथा उन्नत ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

कम्प्याक्ट डिजाइनमा तयार गरिएको यो प्रणाली भित्तामा समेत जडान गर्न सकिने भएकाले कम ठाउँ ओगट्ने बताइएको छ । छुट्टाछुट्टै इन्भर्टर र ब्याट्री जडान गर्नुपर्ने झन्झट कम गर्दै एउटै प्रणालीमार्फत ऊर्जा व्यवस्थापन गर्न सकिने कम्पनीको दाबी छ ।

घरदेखि व्यवसायसम्म प्रयोग गर्न सकिने

म्यासिमोका अनुसार ESSM ऊर्जा भण्डारण प्रणाली घर, कार्यालय, साना पसल तथा विभिन्न कार्यस्थलमा विद्युत् ब्याकअप र ऊर्जा भण्डारणका लागि प्रयोग गर्न सकिन्छ । विद्युत् आपूर्तिमा अवरोध हुँदा ब्याकअप उपलब्ध गराउनुका साथै व्यवस्थित ऊर्जा व्यवस्थापनमा समेत यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले ESSM ब्याट्रीलाई २ हजारभन्दा बढी चार्जिङ साइकल तथा १० वर्षभन्दा बढीको कार्यसम्पादन आयुलाई ध्यानमा राखेर विकास गरिएको जनाएको छ । यसमा छिटो चार्जिङ तथा इन्टेलिजेन्ट कुलिङ प्रणालीसमेत समावेश गरिएको छ ।

कम मर्मतसम्भार र सहज ऊर्जा व्यवस्थापन

परम्परागत ब्याट्री तथा छुट्टाछुट्टै इन्भर्टर प्रणालीको तुलनामा ESSM सिरिजले कम मर्मतसम्भार, व्यवस्थित जडान र सहज प्रयोगको सुविधा दिने कम्पनीको भनाइ छ । ब्याट्री र इन्भर्टरलाई एउटै युनिटमा समेटिएकाले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका लागि ऊर्जा व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ ।

नाडा अटो शोमा ऊर्जा प्रविधिप्रति आकर्षण

नाडा अटो शोमा विद्युतीय सवारीसाधनका साथै ऊर्जा भण्डारण र ब्याकअप प्रविधिले पनि दर्शकको ध्यान तानिरहेको छ । यसैक्रममा म्यासिमोले प्रदर्शन गरेको ESSM अल–इन–वन प्रणालीप्रति प्रदर्शनीमा आउने आगन्तुक तथा सम्भावित ग्राहकको चासो देखिएको कम्पनीले जनाएको छ ।

अटो शोमा सहभागी आगन्तुकले म्यासिमोको स्टलमा पुगेर ESSM सिरिजको प्रविधि, क्षमता, विशेषता तथा यसको सम्भावित प्रयोगबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्