पूर्वाधार वाच, काठमाडौं।
जिमी (राई) उत्थान समाज, सोलुको २८औँ वार्षिकोत्सव तथा आठौँ केन्द्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । समाजको केन्द्रीय समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा शनिबार आयोजित सम्मेलनले यशबहादुर राईलाई पुनः अध्यक्षमा निरन्तरता दिएको छ ।
सम्मेलनमा समाजका पूर्वकार्यसमिति सदस्य, सल्लाहकार, अक्षयकोषदाता, विशिष्ट, आजीवन तथा साधारण सदस्यका साथै विभिन्न क्षेत्रका शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले स्थापनाकालदेखि हालसम्म सञ्चालन गरेका सामाजिक तथा सामुदायिक गतिविधि, उपलब्धि र भावी योजनाबारे समीक्षा तथा छलफल गरिएको थियो ।
आठौँ केन्द्रीय सम्मेलनबाट रामरतन राई र सरिता राई उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी कुन्जनी राई महासचिव, गुणराज राई सचिव, बखतबहादुर राई कोषाध्यक्ष तथा बालकुमारी राई सहकोषाध्यक्षमा चयन भएका छन् ।
नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूमा डाकमान राई, रुद्रकुमार राई, निलम राई, अजय राई, संगीता राई, मोनिका राई, कुसुम राई, तीर्थबहादुर राई, किशोर राई, ऋतु कुमारी राई, प्रकाश राई, ध्रुव राई, तेजबहादुर राई, अर्मिष्ठा राई र धीरराज राईलगायत रहेका छन् ।
सम्मेलनले आगामी कार्यकालमा समुदायको सामाजिक, सांस्कृतिक तथा संस्थागत विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको जनाएको छ । सदस्यहरूबीच आपसी एकता, सहकार्य र सद्भावलाई मजबुत बनाउँदै समुदायको हितका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा समाजको स्थापना कालदेखि हालसम्मको यात्रा, विभिन्न सामाजिक गतिविधि तथा समुदायको उत्थानमा संस्थाले पुर्याएको योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममा संस्थाको विकास र विस्तारमा योगदान पुर्याउने पूर्वकार्यसमिति, सल्लाहकार तथा विभिन्न व्यक्तित्वप्रति आभारसमेत व्यक्त गरिएको थियो ।
जिमी (राई) उत्थान समाजले विगतदेखि नै समुदायको सामाजिक उत्थान, एकता तथा हितका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । आठौँ केन्द्रीय सम्मेलनबाट नयाँ कार्यसमितिको चयनसँगै संस्थाले आगामी कार्यकालका लागि आफ्नो नेतृत्व तथा कार्यदिशालाई थप व्यवस्थित बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्