पूर्वाधार वाच, काठमाडौं ।
लोखिम सरोकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम संघीय सांसद प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यमासुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको नयाँ कार्यसमिति चयन गर्दै सामाजिक सेवा तथा शैक्षिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
साधारणसभाबाट गेल्जेन शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शेर्कु शेर्पा, उपाध्यक्षहरूमा दा कुसाङ शेर्पा, समीर तामाङ, हेम तामाङ र निर्मला राई चयन भएका छन् ।
त्यस्तै, महासचिवमा कृष्णबहादुर राई, सचिवमा बिगराज तामाङ, कोषाध्यक्षमा अमृता राई र सहकोषाध्यक्षमा टेकमान तामाङ चयन भएका छन् । कार्यसमितिमा राजकुमार राई, बिनिता तामाङ, शुसिला राई, बिबलाल तामाङ, फुर्वा पासाङ तामाङ, बिना राई, टेकबहादुर राई, मदन तामाङ, भुजेन्द्र राई, सुभास राई र रुपेन्द्र राई सदस्य रहेका छन् ।
कान्छा सगरमाथा आरोहीसहित विभिन्न आरोही सम्मानित
कार्यक्रमका अवसरमा विश्वकै कान्छा सगरमाथा आरोही छिरिङ पासाङ शेर्पासहित अन्य आरोहीहरूलाई सम्मान गरिएको थियो । उनीहरूको साहसिक उपलब्धि र देशको प्रतिष्ठा बढाउन पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको समाजले जनाएको छ ।
त्यस्तै, जनता माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयका एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने तीन जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
उत्कृष्ट विद्यार्थीलाई दुई वर्षसम्म वार्षिक सहयोगको प्रतिबद्धता
कार्यक्रममा लोखिम सरोकार समाजका संरक्षक सदस्य तथा मोनभिसो फाउन्डेसनका अध्यक्ष लाक्पा तेम्बा शेर्पाले उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक ३० हजार रुपैयाँका दरले दुई वर्षसम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शेर्पाले लोखिम सरोकार समाजअन्तर्गत रहेको पवित्रा तामाङ स्मृति कोषमा १ लाख ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गरेका छन् ।
पवित्रा तामाङ स्मृति कोषमा विभिन्न व्यक्तिबाट सहयोग
कोषका लागि ग्लसियर हिमालय ट्रेकका अध्यक्ष तथा लोखिम सरोकार समाजका संरक्षक सदस्य दा देण्डी शेर्पाले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी समाजका वरिष्ठ सल्लाहकार कर्णबहादुर तामाङले २५ हजार रुपैयाँ, धर्म डाँडा शेर्पा समाजका अध्यक्ष लाक्पा दोर्जी शेर्पाले २५ हजार रुपैयाँ, जुबु मामरे निवासी पदम तामाङले ५ हजार रुपैयाँ तथा समाजका संरक्षक सदस्य दुर्गा तामाङले १ हजार १ सय रुपैयाँसहयोग गरेका छन् ।
लोखिम सरोकार समाजले कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।
बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १५ हजार सहयोग
समाजले प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडित नागरिकहरूको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।
साधारणसभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै सामाजिक सेवा, शिक्षा तथा समुदायको हितसँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण सहभागीप्रति लोखिम सरोकार समाज परिवारले धन्यवाद व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्