images
images
images

बाढी प्रभावितको राहत र उद्धारमा अपि पावरको ३५ लाख रुपैयाँ सहयोग

images

पूर्वाधार वाच, काठमाडौं ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले तत्काल ३५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कम्पनीले भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरेको जनाएको छ ।

खोज, उद्धार र पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता

अपि पावरकी अध्यक्ष सिर्जना खड्काले कम्पनीले प्रदान गरेको सहयोगबाट प्रभावित नागरिकको तत्काल खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । खोज तथा उद्धार कार्यपछि बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको उनले बताइन् ।

जनधनको क्षतिप्रति दुःख व्यक्त

कम्पनीले बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा अन्य संरचनामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको जनाएको छ ।

अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित बेपत्ता भएका सम्पूर्ण नागरिकको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ । यस विषम परिस्थितिमा थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहत कार्यमा सहयोग गर्न कम्पनीले सबैसँग अपिल गरेको छ ।

ऊर्जा, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा सक्रिय

अपि पावरले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना तथा ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरी नियमित रूपमा विद्युत उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले एक दर्जनभन्दा बढी सहायक कम्पनीमार्फत जलविद्युतसँगै कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रका विभिन्न परियोजनामा समेत काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्