पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेल ले अटोमोबाइलप्रेमी तथा अवलोकनकर्ताको ध्यान आकर्षित गरेको छ । विशेषगरी ५० लाख रुपैयाँभन्दा कम मूल्यमा स्काईवेल बीई११ सार्वजनिक भएपछि यसको आकर्षक डिजाइन, ठूलो आकार र आधुनिक फिचर्सबारे जानकारी लिन कम्पनीको स्टलमा पुग्नेहरूको चासो बढेको छ ।
नाडा अटो शोलाई लक्षित गर्दै एलआरआर मोटर्सले विशेष मूल्य अफरसहित स्काईवेल बीई११ नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ४ हजार ७२० एमएम लम्बाइ भएको यो ईभी एसयूभीलाई अवलोकनकर्ताले ५० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध अटो शोका गाडीमध्ये सबैभन्दा लामोमध्ये एक भएको प्रतिक्रिया दिएका छन् ।
‘मूल्य र आकारले ध्यान तान्यो’
अटो शो अवलोकन गर्न चन्द्रागिरीबाट आएका बाबुकाजी महर्जनले किफायती मूल्यमा उपलब्ध भए पनि गाडीको आकार र डिजाइनले आफूलाई आकर्षित गरेको बताए ।
उनले ५० लाख रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक भएको स्काईवेल बीई११ अटो शोमा प्रदर्शित गाडीमध्ये लम्बाइका हिसाबले निकै आकर्षक रहेको प्रतिक्रिया दिए । कम्पनीले अटो शोका अवसरमा ल्याएको विशेष अफरले पनि गाडीप्रति आफ्नो ध्यान केन्द्रित गरेको उनको भनाइ थियो ।
त्यस्तै, धादिङ घर भई हाल सितापाइलामा बस्दै आएका सुवास कार्कीले विगतको तुलनामा स्काईवेल निकै किफायती मूल्यमा नेपाली बजारमा आएको जानकारी पाएपछि प्रत्यक्ष रूपमा गाडी हेर्न स्टलमा पुगेको बताए । गाडीको लक्जरी डिजाइन, प्रशस्त स्थान र विभिन्न आधुनिक फिचर्सबारे जानकारी लिएको उल्लेख गर्दै उनले अटो शोका लागि उपलब्ध विशेष अफर केही समय थप भए उपभोक्ताका लागि अझ सहज हुने धारणा राखे ।
चार भेरियन्टमा बीई११
एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को पहिलो दिन स्काईवेलको बीई११ मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले फरक ब्याट्री क्षमता तथा रेन्ज भएका चार भेरियन्ट उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्ट भेरियन्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यस्तै, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँरहेको छ ।
नाडा अटो शोका लागि विशेष छुट
नाडा अटो शो अवधिभर कम्पनीले बीई११ मा विशेष मूल्य अफरसमेत ल्याएको छ । यसअन्तर्गत ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध गराइएको छ ।
त्यस्तै, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको अटो शो मूल्य ५३ लाख ९९ हजार रुपैयाँ, लक्जरी भेरियन्टको ५४ लाख ९९ हजार रुपैयाँतथा ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
५२० किमीसम्म रेन्ज, ३५ मिनेटमै ७० प्रतिशत चार्ज
स्काईवेल बीई११ मा फरक क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्रीभएको भेरियन्टले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिनेछ ।
त्यस्तै, ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री भएको अर्को भेरियन्टले एकपटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । डीसी फास्ट चार्जरबाट चार्ज गर्दा करिब ३५ मिनेटमै ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
लक्जरी फिचर्स र प्रशस्त ग्राउन्ड क्लियरेन्स
बीई११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त केबिन स्पेस तथा आधुनिक बडी डिजाइनजस्ता फिचर्स समावेश छन् । गाडीमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
कम्पनीले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र सशक्त डिजाइनका कारण स्काईवेल बीई११ नेपाली सडक अवस्थाअनुकूल रहेको दाबी गरेको छ ।
जारी नाडा अटो शोमा स्काईवेलको स्टल एच–१९ मा राखिएको छ । अटो शो अवलोकनकर्ताले स्टलमा पुगेर गाडीको डिजाइन, प्रविधि, ब्याट्री विकल्प, रेन्ज तथा उपलब्ध विशेष अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्