images
images
images

सार्वजनिक सेवा प्रसारणका कार्यकारी अध्यक्ष डा. बिष्ट एआईबिडीको उपाध्यक्ष निर्वाचित

images

पूर्वाधार वाच, काठमाडौ. ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट एशिया प्यासिफिक इन्स्टच्युट अफ ब्रोडकास्टिङ डेभलपमेण्ट (एआईबिडी)को उपाध्यक्ष निर्वाचित भएका छन् ।

एआईबीडीको २३ औं साधारण सभाबाट डा. बिष्ट उपाध्यक्ष निर्वाचित भएका हुन् । यस्तै अध्यक्षमा भने भारतको प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदी अध्यक्षमा निर्वाचित भए ।
नयाँ कार्यसमिति सदस्यमा कोरिया, भुटान, फिलिपिन्स, बंगलादेश र भियतनाम निर्वाचित भएका छन् । थाइल्यान्डको फुकेटमा आयोजित साधारण सभाबाट भारतले अध्यक्ष र नेपालले उपाध्यक्ष पाएको छ ।

सम्मेलनबाट संस्थाको गतिविधिको समिक्षा हुनुका साथै भविष्यका योजनाहरुको तयारी र कार्यान्वयनको ढाँचा लगायतका विषयमा गहन छलफल भइरहेको छ। नयाँ कार्य समितिको कार्यकाल आगामी २ वर्षसम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्