images
images
images

सिंहदरबारसहित संवेदनशील र महत्वपूर्ण क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो घेरा

images

पूर्वाधार वाच, काठमाडौं ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै मुलुकका महत्वपूर्ण र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले उपस्थिति बढाइएको छ ।
निषेधित क्षेत्र तोडेर काठमाडौंको वानेश्वरस्थित संघीय संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेपछि सुरक्षाकर्मीले सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

विशेषगरी सिंहदरबार क्षेत्रका चारै क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले सुरक्षा बढाएका हुन् ।

सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा क्षेत्रमा प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ ।
यसअघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्