images
images
images

जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै इन्जिनियर्स एशोसिएसन

images

पूर्वाधार वाच, काठमाडौं । 

गत सोमबार र मंगलबारको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
उक्त आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत युवाहरूको चीरशान्तिको कामना गर्दै एशोसिएसनले आज (शनिबार) साँझ साढे ५ बजे श्रद्धाञ्जली सभा आयोजना गरेको एशोसिएसनका महासचिव इ. विनोद प्रकाश पण्डितले दिए ।

श्रद्धाञ्जली सभा इन्जिनियर्स एशोसिएसनको प्राङ्गण, पुल्चोक, ललितपुरमा हुनेछ । एशोसिएसनले जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माहरूको आत्मशान्तिको प्रार्थना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

यसका साथै सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्ट समुदायलाई निर्धारित स्थान र समयमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्