images
images
images

जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

images

पूर्वाधार वाच, काठमाडौं ।

जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन ।

उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’रहेको गभर्नर पौडेलले बताए ।
सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्