images
images
images

संविधान दिवसमा रामकुमारी झाँक्री – ‘समयको आवाजलाई आत्मसाथ गरौं’

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वमन्त्री एवं प्रभावशाली कम्युनिष्ट नेतृ रामकुमारी झाँक्रीले संविधान दिवसमा विशेष दिनमा समयको आवाजलाई आत्मसाथ गर्नुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् शुभकामना वक्तव्य जारी गर्दै यस्तो बताएकी हुन् ।

पूर्वमन्त्री झाँक्रीले समयको आवाजलाई सम्मान गर्न समेत सबैमा अनुरोध गरेकी छन् ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस,२०८२ को शुभ अवसरमा सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीरूमा हार्दिक मंगलमय शुभकामना शुभकामना व्यक्त गर्दछु। आजको विशेष दिनमा समयको आवाजलाई आत्मसाथ गर्रौं। समयको आवाजलाई सम्मान गर्न हार्दिक अनुरोध गर्दछु।’, उनले भनेकी छन् ।

आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।

वि.सं. २०७२ मा लामो रस्साकस्सीपछि तत्कालीन संविधान सभामार्फत् नेपालको संविधान २०७२ जारी भएको थियो ।

सोही दिनको अवसरमा हरेक असोज ३ गते देशभर सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

आज बिहानै सरकारले सैनिक मञ्च टुँडिखेलमा एक औपचारिक समारोहकाबीच संविधान दिवस मनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न विशिष्ट व्यक्तित्वको उपस्थितिमा सरकारले औपचारिक रुपमै संविधान दिवस मनाएको छ ।

यस्तै विभिन्न राजनीतिक दलहरुका नेताले पनि यस अवसरमा विभिन्न कार्यक्रममा सहभागी भएर शुभकामना सन्देश दिइरहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण मुलुकमा सिर्जित परिस्थितिले संविधानमाथि आक्रमण सुरु भएको भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।

उक्त आन्दोेलनपश्चात प्रतिनिधि सभा विगठन तथा अन्तरिम सरकार गठन भएको छ ।

यद्यपि प्रधानमन्त्री शुशीला कार्कीले सरकार समयमै निर्वाचन गराउन र संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्