images
images
images

कार्की अन्तरिम सरकारमा ५ मन्त्री थपिँदै, शपथ भोलि

images

पूर्वाधार वाच, वीरगन्ज ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप ५ जना मन्त्रीको नाम टुंगो लागेको छ । आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप ५ जनाको नाम सिफारिस गरेको स्रोतले बताएको छ। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।

नयाँ मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। उनी स्वास्थ्य अतिरिक्त सचिव हुन्।

उनले उक्त पदबाट राजीनामा समेत दिएकी छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।

त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ भने उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्