पूर्वाधार वाच, काठमाडौं ।
नेपाली कांग्रेसले प्रक्षेपित भारी बर्षाको प्रतिकुलतासँग जुध्नका लागि सरकार, दलहरु र नागरिकलाई सजग रहन अपिल गरेको छ ।
गत बर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको भन्दै कांग्रेसले पुर्व तयारी र प्रतिकार्यका लागि ७ बुँदे सतर्कता सन्देश पनि जारी गरेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सडक यात्रामा रहेका यात्रुहरुलाई मार नपर्नेगरी काम गर्न आब्हान गरेका छन् ।
‘सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवीमार्फत सहजीकरण गरौं, गराऔं,’ पौडेलले अपिलमार्फत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्