images
images
images

जिप दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार

images

पूर्वाधार वाच, काठमाडौं ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।

ताप्लेजुङ्गबाट धरानतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेकामा छ जनाका मृत्यु भएको थियो ।

घाइते भएका छ जनालाई नेपाली सेनाको श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बोलेरो जीपमा १२ जना यात्रु सवार रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेमध्ये पाँच जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम लगिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्