पूर्वाधार वाच, काठमाडौं ।
ललितपुर महानगरपालिकाले पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरपालिकाले एग्रो थाई फुड प्राइभेट लिमिटेडलाई आइतबार १० हजार रुपैयाँ जरिवाना गरेको हो । सो कम्पनीबाट उत्पादित इनर्जी ड्रिङ्कको विज्ञापनको पर्चा सडक किनारको पोलमा टाँसिएको थियो ।
ललितपुर महानगरपालिकाले जरिबानासहित काटेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्