पूर्वाधार वाच, काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।
सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।
उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार सातदोबाटो वरपर रहेका क्यामेराको सहयोगमा अन्य थप कुरा खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्