images
images
images

अमेरिकी दूतावास युथ काउन्सिलका सदस्य गुप्ता युवा तथा खेलकुद मन्त्री बन्दै

images

पूर्वाधार वाच, काठमाडौं ।

जेनजी आन्दोलनको जगमा खडा भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार एकपछि अर्को विवादमा फस्दै गएको छ । वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरु विवादित पृष्ठभूमिका देखिन्छन् ।

बारबरा फाउन्डेशनदेखि हामी नेपाल नामक गैरसरकारी समूहको प्रत्यक्ष संलग्नतामा चलिरहेको कार्की सरकारमा अमेरिकी दूतावास युथ काउन्सिल नेपालमाका सदस्य बब्लु गुप्ताको प्रवेश भएको छ ।

प्रधानमन्त्री कार्कीले तेस्रो पटक क्याबिनेट विस्तारका क्रममा अमेरिकन यूथ काउन्सिल २०२२ ब्याचका सदस्य बब्लु गुप्ता युवा तथा खेलकूद मन्त्रीका लागि सिफारिस भएका छन् ।

केही बेरमा उनीसहित अन्य चार जना मन्त्रीहरुले शपथ ग्रहण समेत गर्दैछन् । उनी ‘१०० ग्रुप’ नामक संस्थामा समेत आबद्ध रहेका छन् । सामाजिक सेवाका नाममा समाजमा देखा परेका गुप्ता विवादित व्यक्तिमध्ये पर्दछन् ।

यस्तै मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार दुई वटा मुद्दाका फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)ले देखाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो ।

उनका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ । यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ ।

अदालतले सुर्खेत प्रहरीलाई किन पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो । सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्