images
images
images

मोन्था चक्रवातको असर : कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

images

पूर्वाधार वाच, हेटौंडा । 

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण विगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ ।

असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो । शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५  सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।

चित्लाङ, मार्खु, फाखेल, वज्रवाराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो । कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ ।

कुलेखानीको पानीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी प्रथम, द्वितीय र तृतीय जलविद्युत आयोजनाबाट क्रममा ६० मेगावाट, ३२ मेगावाट र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्